एमाले मिल्न नदिने को–को ? प्रधानमन्त्रीमा नेपालको नाम

काठमाडौं । एमालेभित्रको विवादमा सुवासचन्द्र नेम्वाङले अवसर लिने प्रयास गरिरहेका छन् । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूलाई कारबाही गरेपछि नेम्वाङले एमालेभित्र हालिमुहाली गरिरहेको आरोप छ । नेम्वाङले ओलीलाई गलत सल्लाह दिएकै कारण एकपछि अर्को असफलता हात लागेको चर्चा छ ।

ओलीलाई गलत सल्लाह दिएर अवसर लिनेमा शंकर पोखरेल र विष्णु पौडेल पनि छन् । पोखरेल र पौडेलको सल्लाहलाई ओलीले अलिक धेरै सुन्ने गरेको आरोप छ । ओलीले एमालेको भावी अध्यक्षका रुपमा पहिलो नम्बरमा पोखरेल र दोस्रो नम्बरमा पौडेललाई आफू निकटका नेताहरू समक्ष लिने गरेका छन् । एमालेभित्र नेम्वाङ, पोखरेल र पौडेलको गलत सुझावले ओली फस्दै गएको स्रोतले जनाएको छ ।

ओलीको अगाडि अरु कोही पनि बोल्न सक्दैनन् । ओलीलाई सफ्ट रुपमा सुझाव दिने यी तीन नेताहरू हुन् । उनीहरूको सल्लाहलाई मान्दै जाँदा गण्डकी प्रदेशमा ठूलो झड्का लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमालेको नराम्रोसँग पराजय भइसकेको छ । लुम्बिनी प्रदेशमा पनि एमालेको पराजय हुने निश्चित जस्तै छ ।

नेम्वाङ, पोखरेल र पौडेलको सल्लाहले गर्दा राष्ट्रिय सभामा एमालेको दुई वटा सांसद पद समेत फुत्किएको छ । बागमती प्रदेशमा एमालेका रामबहादुर थापा पराजित भए । त्यसको फाइदा विपक्षी गठबन्धनका उम्मेदवारलाई भयो । लुम्बिनी प्रदेशमा पनि नेपाली कांग्रेसका उम्मेदवारले राष्ट्रिय सभामा जितेका छन् ।

ओलीले अहिले पनि आफूलाई सुधार गरेर जाने हो भने एमाले एक हुन सक्छ । तर, ओलीलाई मिल्न दिने पक्षमा नेम्वाङ, पोखरेल र पौडेल छैनन् । उनीहरूसँग अरु केही नेताहरू पनि ओलीलाई नेपालसँग मिल्न दिने पक्षमा छैनन् । अब एमाले यस्तै अवस्थामा रह्यो भने फुट्नेभन्दा अर्को बिकल्प छैन । अबको भावी प्रधानमन्त्रीमा नेता नेपालको नाम आएपछि एमाले विभाजनबाट बच्ने हो कि भन्ने झिनो आशा छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा रोकेर नेपालाई प्रधानमन्त्री बनाउने तयारी भएको चर्चा पनि छ । संसद पुनर्स्थापना भने नेता नेपाल प्रधानमन्त्री बन्ने चर्चा हुन थालेको छ । देउवाको पक्षमा संख्या नपुग्ने र एमालेबाटै प्रधानमन्त्रीमा नेपालको नाम आउँदा चुनावी सरकार बनाएर जान सक्ने सम्भावना भनेर चर्चा हुन थालेको छ ।

Published : Saturday, 2021 June 26, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया