ओलीजी धेरै बकबक नगर्नुस्, जिब्रो सम्हाल्नुस्, दुःख पाउनु होलाः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले अदालतमा सेटिङ भएको भन्दै दिएको अभिव्यक्तिको आलोचना गरेका छन् ।

कांग्रेस नेता खतिवडाले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘अदालतमा सेटिङ भन्ने शव्द प्रधानमन्त्रीको पराजित मानसिकताको उपच हो ।’

ओलीले शुक्रबार बालुवाटारमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अदालतमा सेटिङ गरेको भन्दै माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आरोप लगाएका थिए । ओलीको यो अभिव्यक्तिको आलोचना भइरहेको छ ।

‘प्रधानमन्त्रीलाई जिब्रोमा ब्रेक लगाउन अनुरोध छ’, कांग्रेस नेता खतिवडाले भने, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति पद सुहाउँदो भयो त ?’

‘स्वतन्त्र न्यायपालिकाको चिरहरण गरेर प्रधानमन्त्रीको मर्यादा उच्च भयो त ?’, प्रश्न गर्दै खतिवडाले भने, ‘आफ्नो अनुकूलता र प्रतिकुलतामा न्यायपालिकालाई विवादास्पद बनाउने र संविधान समाप्त गर्ने काममा प्रधानमन्त्री आफै लाग्नु अति दुःखद् समाचार हो ।’

कांग्रेस नेता खतिवडाले ओलीलाई धेरै बकबक नगर्न पनि आग्रह गरेका छन् । उनले जिब्रो सम्हाल्न नसक्दा दुःख पाउने दिन आउन सक्ने समेत चेतावनी दिएका छन् ।

Published : Saturday, 2021 June 26, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया