प्रकाशमान सिंहले पूरै हल हल्लाइदिए, च्याखे थाप्ने यी नेताहरू हेरेको हेरै

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पौडेल समूहको गुटको भेलामा सिंहले सभापतिमा उम्मेदवारी दिनेभन्दै सहयोग गर्न अनुरोध गरेका हुन् । सिंहको आग्रहपछि पौडेलसहितका सभापतिका आकांक्षीहरूभित्र खैलाबैला भएको एक नेताले बताए ।

गुटको भेलामा नेता पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न भनेपछि धारणा राख्ने क्रममा सिंहले आफू १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने निर्णयबाट ब्याक नहुने बताएका हुन् ।

आफूले उम्मेद्वारी दिनेबारे धेरै पहिले नै भनिसकेको नेता सिंहले बताएका छन् । ‘तपाईंलाई पहिलेदेखि नै भनेको हुँ’, पौडेलतिर संकेत गर्दै सिंहले भने, ‘म उम्मेदवार हुन नहुने के कुरामा कमी छ ?’

नेता सिंहले सभापति पदको उम्मेदवार आफ्ना लागि प्राकृतिक हुने बताएका छन् ।

नेविसंघ हुँदै पार्टी राजनीतिको विभिन्न भूमिका निर्वाह गर्दै आएकाले सभापतिको उम्मेदवारी स्वभाविक भएको सिंहले बताएका छन् ।

भेलामा अरु नेताहरूले पनि सभापति पदमा आफूहरूको पनि दाबी गरेका थिए । तर, पौडेल समूहको गुटको भेलामा सिंह जत्तिको शक्तिशाली र प्रभावशाली नेताहरू छैनन् । पौडेल गुटभित्र कमजोर छन् ।

महामन्त्री शशांक कोइरालालाई सभापति पद घाँडो हुने कांग्रेस नेताहरूको भनाइ छ । महामन्त्री भएका बेला एउटा पनि नीति र कार्यक्रम नल्याएर शशांक कोइरालाको कार्यकाल समाप्त भएको छ ।

अर्जुन नरसिंह केसी, रामशरण महत, कल्याण गुरुङ उप–सभापति र महामन्त्री जस्ता पदमा बार्गेनिङका लागि सभापति पदमा दाबी गर्दै आएका छन् । केसी, महत, गुरुङले सभापतिमा उम्मेदवारी दिए जमानत जफ्त हुने कांग्रेसभित्र चर्चा छ ।

पौडेल समूहको गुटभित्र शेखर कोइराला बलिया नेताका रुपमा चिनिन्छन् । शेखर कोइराला पनि १४औँ महाधिवेशनमा ब्याक नहुने भनेर भनिसकेका छन् ।

पौडेल समूहभित्र प्रकाशमान सिंह र शेखर कोइराला बलिया उम्मेदवार हुन् । सभापति पदमा दाबी गर्ने अरु सबै नेताहरू च्याखे थाप्न बसेकाहरू हुन् ।

Published : Friday, 2021 June 25, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया