आन्तरिक हवाइ उडान खोल्ने सरकारको निर्णय, बसहरू चल्न नपाउने

काठमाडौं । सार्वजनिक बसहरू निषेधाज्ञाका कारण कुहिने अवस्थामा पुगेका बेला सरकारले आन्तरिक हवाइ उडान खोलेर भेदभाव गरेको छ ।

बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान खुलाउने निर्णय गरेको हो । सर्वसाधारण चढ्ने सार्वजनिक सवारी साधन भने सरकारले खोलेको छैन ।

कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय सरकारले गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार मन्त्रालय र सरोकारवालाहरूसँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने जानकारी गराएका छन् ।

सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ ।

सातामा एक–एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ ।

Published : Tuesday, 2021 June 22, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया