हनुमानका भक्त ७२ वर्षीय यी वृद्धलाई दशा लाग्यो

काठमाडौं । बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा हत्या गरिएका २५ वर्षीय वीरेन्द्र बैठाका दोषीहरूलाई प्रहरीले पक्राउ गरेर सर्वाजनिक गरेको छ ।

असार ३ गते शंकास्पद अवस्थामा बरैनिया बजार भरवलिया टोलका बैठाको शव भेटिएको थियो । बैठाको शरीरको बिभिन्न भागमा प्रहार गरेको निलडाम देखिएको थियो ।

अनुसन्धानका क्रममा बैठालाई हत्या गरेर शव घिसारी बाटो छेउमा फालेको जस्तो देखिएको थियो ।

घटनाको पाँचौ दिन ८ असारमा प्रहरीले हत्यामा संलग्नको आरोपमा पक्राउ परेका दुई अभियुक्त सार्वजनिक गरेको छ ।

विश्रामपुर गाउँपालिका– २ बरैनिया टोल बस्ने ७२ वर्षीय जंगी वीरबहादुर यादव (दास बाबा) र फेटा गाउँपालिका–३ फुलबरिया टोल घर भएका ३५ वर्षीय पारस महतो धानुक पक्राउ परेका हुन् । दास बाबा स्थानीय हनुमान मन्दिरको पुजारी हुन् ।

पुजारीले आफूले हत्या गरेको स्वीकार गरेका बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।

हनुमान मन्दिरको प्राङ्गणमा बालुवा थुपारेको ठाउँमा रगत देखिएपछि प्रहरीले मन्दिरको पुजारी बाबा र स्थानीय युवक पारसलाई नियन्त्रण लिएर सोधपुछ गरेको थियो ।

अभियुक्तले दिएको बयानअनुसार मृतक बैठा यसअघि पनि मन्दिर परिसरमा प्रवेश गरी गाँजा तथा पैसा चोरी गर्ने गरेका थिए ।

पुजारीले कुटपिट गरी लखेटने गर्थे । असार ३ गते बिहान २ बजे पनि बैठा मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए ।

पुजारीले फलामको चिम्टाले हिर्काउँदा बैठा लडेको र मन्दिरमा नै बस्ने पारसले बाँसको भाटाले हानेपछि मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

बैठाको मृत्युपछि अपराधबाट बच्ने उद्देश्यले उनीहरूले शव घिसारी बाटो छेउमा लगेर फालेको पाइएको डीएसपी मिश्रले बताएका छन् ।

Published : Tuesday, 2021 June 22, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया