कांग्रेसमा राप्रपाबाट समायोजन भएका ५५ जना महासमिति सदस्यमा मनोनीत, क–कसले पाए ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (सुनिलबहादुर थापा)लाई ५५ जना महासमिति सदस्य दिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले सह–महामन्त्री सुनिलबहादुर थापासहितका ५५ जना महासमिति सदस्य दिने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली कांग्रेस पार्टीमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (सुनिलबहादुर थापा समूह)बाट समायोजन गर्नका लागि भएको सहमति बमोजिम, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार तपसीलमा उल्लेखित व्यक्तिहरूलाई नेपाली कांग्रेसको महासमिति सदस्य पदमा समायोजन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

सुनिलबहादुर थापा, रामकृष्ण भट्टराई विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी, टिएन योगी, दिलिप राई, आशाराम चौधरी, राजेशबहादुर सिंह, लक्ष्मी सुब्बा, मानबहादुर मिश्र, अग्नि ओझा, भुपेन्द्र कट्वाल, मीनबहादुर कार्कीलगायतलाई महासमिति सदस्य बनाइएको छ ।

Published : Tuesday, 2021 June 22, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया