सिन्धुपाल्चोकमा मन्त्री र सभामुखका लोकप्रिय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा एमाले र माओवादी केन्द्रका स्थानीय नेताहरू नेपाली कांग्रेसका प्रवेश गरेका छन् ।

सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा लिसंखु पाखर गाउँपालिका– ५ र ६ वडाका झण्डै एक सय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रदेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा जेठल र ठूलो पाखरका नेता कार्यकर्ता छन् ।

स्थानीय कम्युनिष्ट नेता एवम् शिक्षक लालबहादुर तामाङको नेतृत्वमा झण्डै एक सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवेश गर्नेमा मजदुर नेता श्याम लामा पनि रहेका छन् । धर्मगुरु निमाऋद्धि लामाका साथै गंगा लामा, मधुकुमारी लामा, टीकामाया लामा, कमला दोङ, धनमाया तामाङलगायतका एमाले र माओवादीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

एमाले र माओवादीबाट दिक्क भएका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । एमालेबाट केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ छन् । माओवादी कन्द्रका नेता अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाका सभामुख छन् ।

उनीहरूले जिल्लामा कुनै काम नगरेपछि एमाले र माओवादीभित्र ठूलो निरासा छ । सत्ताभन्दा बाहिर रहेको कांग्रेसले सिन्धुपाल्चोकमा काम गर्दै आएको छ ।

आपत र विपतका बेला कांग्रेस नेता बस्नेतले सहयोग गर्दै आएका छन् । विकास निर्माणमा पनि उनको ठूलो योगदान छ ।

Published : Tuesday, 2021 June 22, 11:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया