राजेन्द्र महतोले घरभित्रै घुसेर धुलोपिठो परेका विमलेन्द्र निधीको नयाँ दुश्साहस

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनको तयारीमा छ । एमाले आफ्नै पार्टीभित्रको विवादमा छ ।

मुलुकका हरेक अधिकांश ठूलो विषय सर्वोच्च अदालतसम्म पुगका छन् । कुनै निर्णय हुनेवित्तिकै अदालत जाने परम्परा नै बसेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा सभापति र पदाधिकारीका पदहरूमा कसरी कब्जा गर्ने उदेश्यका साथ नेताहरू केन्द्रित छन् । कांग्रेसका नेताहरू एकले अर्कालाई सिध्याएर होस् वा बद्नाम जे गरेर भए पनि नेतृत्वमा जान चाहेको छ ।

कांग्रेसलाई युवाहरूले नेतृत्व गर्नुपर्ने माग जोडबलले उठेका छन् । युवाहरूले उठाएका माग जायज भए पनि कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने ती नेताहरूको योगदान भुल्न नहुने नेताहरूको भनाइ छ ।

सभापति शेरबहादुर देउवालाई रोक्न विरोधी समूहका नेताहरू लागेका छन् । सबैभन्दा ठूलो चुनौती देउवालाई अहिले आफ्नै समूहमा रहेका विमलेन्द्र निधी भएको छ । निधीले सभापति पदमा उम्मेदवारी दिने भनेर गृहकार्य शुरु गरेका छन् ।

निधीले छलफलहरू चलाउन थालेका छन् । निधीले आफ्नो समूहमा लैजाने भनेका देउवाकै नेता कार्यकर्ताहरू हुन् । निधीले कति नेता कार्यकर्ता लैजान सक्छन् भन्ने हो । निधी आफैमा बलियो उम्मेदवार होइनन् ।

उनको पराजय हुने सम्भावना निकै छ । प्रतिनिधि सभा निर्वाचनमा राजेन्द्र महतोसँग आफ्नै गृहजिल्लामा पराजित भएका निधीले सभापति पदमा जित्ने सम्भावना झिनो छ ।

सर्लाहीका राजेन्द्र महतो धनुषा पुगेर निधीलाई हराइदिएका थिए । देउवाको साथमा लागेका कारण पटक–पटक अवसर पाएका निधी अहिले देउवालाई नै सिध्याउने गरेर मैदानमा आएका छन् ।

हुन त एमालेभित्र पनि कांग्रेसकै जस्तो विवाद नभए पनि एमाले सग्लो रहने सम्भावना निकै कम छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अलग तयारीहरू गरेपछि एमालेभित्र विवादको ठूलो संकट छ । नेपाल समूह तत्काल पार्टीलाई एक ठाउँमा मिलाएर जाने पक्षमा छैन भनेर आरोपहरू लागेका छन् ।

अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई नेपाल समूहले पार्टी एकता विरोधी भनेर आरोप लगाउँदै आएको छ । ओली समूह पनि नेपाल समूहलाई पार्टी एकताको विरोधी भन्ने गरेको छ ।

Published : Tuesday, 2021 June 22, 9:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया