प्रहरीका १६ जना डीआईजीको सरुवा, सिआईबीमा सिंह, को कहाँ ?

काठमाडौं । नेपाली प्रहरीका १६ जना नायव महानिरीक्षकहरू (डीआईज)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका अनुसार जना डीआईजीहरूको सरुवा भएको हो । केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)मा डीआईजी धिरजप्रताप सिंहको सरुवा भएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको असार ७ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार सोमबार १६ जना डीआईजीको सरुवा भएको हो ।

डीआईजी अरुणकुमार बिसीलाई प्रदेश नं. १, उमेश रञ्जितकारलाई प्रदेश नं. २, प्रकाशजंग कार्कीलाई बागमती प्रदेश कार्यालय, दिवेश लोहनीलाई गण्डकी प्रदेश कार्यालय, मुकुन्द आचार्यलाई लुम्बिनी प्रदेश कार्यालय, गणेशबहादुर ऐरलाई कर्णाली प्रदेश कार्यालय, पुरुषोत्तम कँडेललाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।

डीआईजी बसन्तकुमार पन्तलाई अख्तियार दुरुपयोग अनुसनधान आयोग, घनश्याम अर्यायाललाई प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो, उत्तमराज सुवेदीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, रविन्द्रबहादुर धानुकलाई नेपाल प्रहरी कार्य एवम् अपराध अनुसन्धान विभाग, बसन्तकुमार लामालाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ ।

प्रकाश अधिकारीलाई नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, धिरजप्रताप सिंहलाई केन्द्रीय अनुसन्धान ब्यूरो, ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय र सहकुलबहादुर थापालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।

Published : Monday, 2021 June 21, 6:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया