गगन–सरिताको जवाफले रन्थनिए निधी, गोप्य छलफलमा को–को पुगे ?

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले गगन थापासहितका युवा नेताहरूसँग सभापति पदमा सहयोग गर्न आग्रह गरेका छन् ।

सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा उप–सभापति निधीले युवा नेताहरूसँग छलफल गरेका हुन् ।

निधीसँगको छलफलमा युवा नेताहरू गगन थापा, सरिता प्रसाई, धनराज गुरुङ, प्रदीप पौडेल, गुरुराज घिमिरे, जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

सभापति शेरबहादुर देउवाको समूहलाई परित्याग गरेका निधीले आफैले गुट निर्माण शुरु गरेका छन् । निधीले युवा नेताहरूसँग आफूलाई सभापतिमा सहयोग गर्न अनुरोध गरेका छन् ।

युवा नेताहरूले निधीलाई सभापतिमा सिधै सहयोग गर्न नसकिने जवाफ दिएका छन् । उनीहरूले निधीलाई के आधारमा सभापतिमा तपाईलाई सहयोग गर्ने भनेर प्रश्न उठाएका छन् ।

गगन थापा, सरिता प्रसाइँसहितका युवा नेताहरूले कडा सवाल जवाफ गरेपछि निधी चकित परेका छन् । उनीहरूले ‘देउवा समूहमा रहेर तपाईले धेरै अवसर लिनुभयो, अहिले आएर बल्ल तपाईलाई हामी आवश्यक प¥यो ?’ भन्ने प्रश्न सुनेपछि निधी चकित परेका हुन् ।

युवा नेताहरूले १४औँ महाधिवेशन आउन अझै धेरै दिन बाँकी रहेकाले अहिले नै निधीलाई सहयोग गर्न नसकिने जवाफ दिएका छन् । निधीले जुन उदेश्य राखेर गोप्य छलफल राखेका थिए । त्यो उदेश्य पूरा हुन नसकेपछि निधी रन्थनिएका छन् ।

यसअघि निधीले सोमबार नेताद्वय प्रकाशमान सिंह र शशांक कोइरालासँग छलफल गरेका थिए ।

निधीले आफूलाई सभापतिका लागि तयार राखेका छन् । उनले सबै पक्षसँग छलफल चलाएका छन् । निधीले गगन थापा, सरिता प्रसाइँ जस्ता युवाहरूलाई आफ्नो समूहमा राख्न खोजेका छन् । यी युवा नेताहरू नेता कार्यकर्तामा लोकप्रिय छन् ।

Published : Monday, 2021 June 21, 6:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया