देउवाले औँला नचाउँदा ओलीलाई तनाब, बालुवाटारभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेससहितका विपक्षी दलहरूको गठबन्धनले कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारविरुद्ध अझै कसिलो घेराबन्दी गरेर जाने सहमति गरेसँगै बालुवाटारलाई तनाब भएको छ ।

आइतबार बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधव नेपाल समूह, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई थप बलियो बनाउने समझदारी गरेका छन् । यो समझदारीले ओलीलाई ठूलो तनाब भएको छ ।

सर्वोच्च अदालतबाट ओली सरकारले गरेका निर्णयहरूलाई अबैधानिक भन्दै धमाधम खारेज गरिरहेका बेला विपक्षी गठबन्धनको निर्णयले तनाब बनाइदिएको छ ।

नेताहरूले गठबन्धनलाई अझै बलियो बनाएर जाने समझदारी गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरूको बैठक बसेको थियो ।

माओवादी केन्द्रका नेता देव गुरुङले प्रदेशमा सरकार फेरबदलको कुरालाई प्रदेशकै औचित्यका आधारमा अगाडि बढाउने निर्णय भएको जानकारी दिएका छन् ।

गण्डकी प्रदेशमा एमालेको सरकार हटाएर गठबन्धनको तर्फबाट कांग्रेसको नेतृत्वमा सरकार गठन गरिएको थियो ।

सुदूरपश्चिम र कर्णालीमा माओवादी केन्द्र र प्रदेश २ मा जसपा नेतृत्वको सरकार छ ।

लुम्बिनी, बागमती र प्रदेश १ मा एमाले नेतृत्वको सरकार छ ।

विपक्षी गठबन्धनले विपदमा सरकारले उद्दार तथा राहतका काममा उचित कदम नचालेको भन्दै आक्रोश पोखरेको छ । जिम्मेवार भएर विपतमा परेका जनताको उद्धार र राहतमा लाग्न सरकारसँग विपक्षी गठबन्धनले माग गरेको छ ।

बुढानिलकण्ठमा देउवाले हातका औँला चलाउँदा पनि बालुवाटारमा बसेका ओलीलाई तनाब हुने गरेको चर्चा छ । अझ विपक्षी दलका शीर्ष नेताहरूको बैठक बसेको दिन ओलीलाई सबैभन्दा तनाब हुने गरेको कांग्रेसहितका दलका नेताहरूको भनाइ छ ।

Published : Sunday, 2021 June 20, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया