ज्वाला ‘ग्याङ’ पक्राउ, ज्ञानबाहादुरको ‘ग्याङ’ले झै भेट्यो दनक

काठमाडौं । चन्दा उठाएर अपादर्शी रुपमा वितरण गर्ने तथा अराजक हर्कत गर्ने ग्याङकी नाइके ज्वाला संग्रौला पक्राउ परेकी छिन् ।

आफूलाई कथित अभियन्ता बताउने विवादित संग्रौलासहितको ग्याङले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई रंगभेद अभिव्यक्ति दिएर गाली गरेको भन्दै आलोचना भएको थियो ।

असई झालाई संग्रौलाले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुलेको थियो । असई झालाई पुनः महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।

संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेको महानगरीय प्रहरी परिसर टेकु, काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिएका छन् ।

प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा संग्रौलासहित तीन जनालाई पक्राउ गरेको एसएसपी सिंहले बताए ।

संग्रौलासहित तीन जनाविरुद्ध खुश्बु घिमिरेले किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा संग्रौलासहित तीन जनाको ग्याङ पक्राउ परेको छ ।

उनीहरूलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर टेकुमा राखिएका वेला संग्रौलाविरुद्ध जाहेरी दिने खुश्बु घिमिरे र उनका समर्थक युवा संघका कार्यकर्ताहरू सुजन खत्री र सुमन चित्रकारले पनि दनक दिएको जनाइएको छ ।

कथित सामाजिक अभियन्ता संग्रौला र उनको ग्याङले विदेश र स्वदेशमा रहेका व्यक्तिलाई फकाएर पैसासहितको सहयोग संकलन गर्दै आएको छ । त्यो सहयोग कहाँ र कसरी वितरण हुने गर्छ पारदर्शी रुपमा केही बताउँदैनन् ।

केही दिन अगाडि कथित अभियन्ता ज्ञानबाहादुर शाहीसहितको ग्याङले रक्सी सेवन गरेर सुर्खेत जिल्लामा स्थानीय मजदुर युवाहरूलाई कुपिट गर्दा स्थानीयहरू उल्टिएर रामधुलाइ गरेका थिए ।

त्यो घटना भएको करीव एक हप्तापछि कथित अभियन्ता संग्रौला र उनको ग्याङ काठमाडौंमा पक्राउ परेको छ ।

Published : Sunday, 2021 June 20, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया