अन्तर्घातीहरूको सातो जाने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड बनाएको छ ।

पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट इन्ट्री गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।

पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थक बनेका, पार्टी अनुशासनको कारबाहीमा परेका, पार्टी परित्याग गरेका र निधन भएकाको भने नवीकरण नहुने समिति सचिव केशव रिजालले जानकारी दिएका छन् ।

समितिले क्रियाशील सदस्यता नवीकरण गर्न छुट भएको भए, नवीकरण गर्नुपर्ने सदस्यको नामावली विवरण र शुल्कसमेत समितिमा असार ९ गतेभित्र पठाउन सबै जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ–नगरपालिका कार्यसमिति र वडा कार्यसमितिलाई अनुरोध गरेको छ ।

Published : Friday, 2021 June 18, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया