ओली गुटलाई तनाब, रामकुमारीले गरिन् खुलासा

काठमाडौं । सत्तारुढ एमालेको स्थायी कमिटी बैठकलाई वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बहिस्कारको चेतावनी दिएको छ ।

चारैतिरबाट एक्लिदै गएका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बुधबार स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठकमा नेपाल–खनाल समूहलाई पनि निम्तो पठाएको चर्चा सामाजिक सञ्जालमा छ ।

ओलीले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीमबहादुर रावल, घनश्याम भुसालसहितका नेताहरूलाई कारबाही गरेर निकस्काशन गरेका छन् ।

उनीहरूलाई बैठकमा नबोलाइए पनि नेपाल–खनाल समूहका अरु नेताहरूलाई बोलाएको ओली निकटका एक नेताले दाबी गरेका छन् ।

प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली सबैतिरबाट एक्लिएका छन् । तनाबमा परेका ओलीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई तोड्न अनेक तिकडम गरेका छन् ।

नेपाल–खनाल समूहकी नेतृ रामकृमारी झाँक्रीले ओली गुटको बैठकमा आफूहरूको सहभागिता नरहने बताएकी छिन् ।

‘असार २ गते एमालेको स्थायी कमिटीको बैठक बालुवाटारवाला गुटको होला’, झाँक्रीले भनेकी छिन्, ‘हामीले आजसम्म उठाएका विषयहरूको सम्बोधनसहित एमाले २०७५ जेठ २ गतेको अबस्थामा नफर्किदासम्म आत्मसमर्पण गरेर हाम्रोतर्फबाट कुनै पनि स्थायी कमिटीका सदस्यहरूले भाग लिने कुरै आउँदैन ।’

उनले भनेकी छिन्, ‘यो बीचमा पार्टी एकताको सकारात्मक पहल भएको पनि छैन । कोही पनि साथीहरू भ्रम नपर्न अनुरोध गर्दछु ।’

Published : Tuesday, 2021 June 15, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया