देउवा अचानक कोटेश्वरमा, नेपालसँग गम्भीर वार्ता, ओली झस्किए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो । प्रधानमन्त्री खड्गप्रसाद ओलीको असंवैधानिक कदमका विषयमा पनि देउवा र नेपालबीच सम्वाद भएको छ ।

प्रतिनिधि सभा विघटन गरेपछि ओलीविरुद्ध देउवा–नेपालसहितका नेताहरूले गठबन्धन बनाएर मोर्चाबन्दी गर्दै आएका छन् ।

ओली र नेपाल समूहबीच पार्टी एकता हुन लागेको चर्चा भएका बेला कांग्रेस सभापति देउवाले नेता नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीले कामचलाउ सरकारको नेतृत्व गर्दै आएका छन् । तर, ओलीले एकलौटी सरकारले जसरी बजेट ल्याउने, निर्णयहरू गर्ने जस्ता कार्य गर्दै आएका छन् ।

वरिष्ठ नेता नेपाललाई भेट्न सभापति देउवाले साथमा महामन्त्री पूर्णबहादुर खड्कालाई पनि लिएर गएका छन् ।

कांग्रेस सभापति देउवाले कोटेश्वरमै पुगेर एमालेका वरिष्ठ नेता नेपाललाई भेट गरेपछि एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली झस्किएका छन् ।

Published : Monday, 2021 June 14, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया