पाल्पामा ६५ वर्षीया वृद्धा बलात्कृत

तानसेन । पाल्पा जिल्लामा प्रहरीले ६५ वर्षीया वृद्धालाई जवरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

जेठ २८ गते साँझ ७ बजे रामपुर नगरपालिका निवासी ३५ वर्षीय नारायणकुमार मल्ललाई सोही ठाउँ बस्ने ६५ वर्षीया वृद्धालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारको सो घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

Published : Monday, 2021 June 14, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया