काठमाडौंको बौद्धमा बोराभित्र शव

काठमाडौं । निषेधाज्ञाका बेला काठमाडौंमा बोराभित्र एउटा शव फेला परेको छ ।

बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ । शवको सनाखत हुन सकेको छैन । प्रहरीले सुक्ष्म अनुसन्धान शुरु गरेको जनाएको छ ।

Published : Tuesday, 2021 June 8, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया