यी हुन् बिहेमा उत्पात मच्चाउनेहरू

गरुडा । रौतहट जिल्लाको गेडही गुठीमाप्रहरीमाथि ढुंगा प्रहार भएको छ । ढुंगा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गरुडा नगरपालिका–२ गेडही गुठीस्थित विवाह घरमा प्रहरीमाथि ढुंगामुढा प्रहार गरी घाइते बनाएको अभियोगमा ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय सुनिलकुमार सहनी, ३३ वर्षीय दिलिप सहनी र कटहरिया नगरपालिका–६ फत्तेपुर बस्ने ३७ वर्षीय राधा साह रहेका छन् ।

‘१९ वर्षीय सुजितकुमार सहनीको विवाहमा निषेधाज्ञाको समयमा मापदण्डविपरीत मानिसहरूको उपस्थितिमा डिजे बाजा बजाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवनगर तथा गरुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाजा बन्द गराउने क्रममा उल्टै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

ढुंगामुढा प्रहारबाट घाइते भएका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको झाजपुलस्थित ग्रेण्डी हस्पिटलमा उपचार भइरहेको छ । अ

न्य ६ जना प्रहरी कर्मचारीहरू उपचार पश्चात डिस्चार्ज भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2021 June 7, 3:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया