देउवाले बालुवाटारभित्र फेरि उथलपुल ल्याइदिए, ओली तनाबमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

काठमाडौंको बुढानिकलण्ठस्थित निवासमा देउवा र दाहालबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको हो । भेटमा तरल राजनीतिक अवस्थामा मिलेर कसरी अगाडि बढ्ने भन्ने विषयमा परामर्श भएको स्रोतले जनाएको छ ।

कांग्रेस सभापति देउवाले माओवादीका अध्यक्ष दाहालसँग भेट गरेर विपक्षी गठबन्धन भत्काउने प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रयासलाई असफल बनाइदिएको चर्चा छ । विपक्षी गठबन्धनको तयारी र योजनाबाट ओली तनावमा छन् । उनले विपक्षी गठबन्धन तोड्न विभिन्न हर्कतहरू गर्दै आएका छन् ।

सभापति देउवासँग भेट गर्नु अगाडि अध्यक्ष दाहालले एमालेका वरिष्ठ नेता माधव नेपालसँग परामर्श गरेका थिए । सोमबार बिहान ११ बजे दाहाल र नेपालबीच कोटेवश्वरमा वार्ता भएको थियो ।

दाहाल–नेपालबीच के विषयमा कुरा भएको हो कुनै जानकारी दिइएको छैन ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टी एकताको नाममा छ बुँदे प्रस्ताव वरिष्ठ नेता माधव नेपाल समूहसँग राखेका थिए । त्यो प्रस्तावमा नेपाल समूहलाई ओली प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने प्रस्ताव गरेका थिए ।

ओलीले विपक्ष गठबन्धनलाई कमजोर बनाउने गरेर आफ्ना क्रियाकलाप गरेपछि देउवा, दाहाल र नेपालले अलग–अलग भेटवार्ता र परामर्शहरू गरेका छन् ।

उता, माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो कारण एकता नभएको भनि एमालेका अध्यक्ष ओलीले लगाएको आरोपको अस्वीकार गरेका छन् ।

ओलीले दाहालका कारण एकताको प्रयास सफल नभएको भन्नु झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताएका छन् । दाहालले ट्वीट गर्दै आएको आरोप अस्वीकार गरेका छन् ।

आइतबार ओलीले एक प्रस्ताव प्रस्तुत गर्दै सर्वोच्च अदालतले अलग हुने फैसला गरेपछि पनि आफूले माओवादी केन्द्रसँग एकताको प्रस्ताव गरेको तर दाहालको अनिच्छाका कारण सफल हुन नसकेको उल्लेख गरेका थिए ।

‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्न्सना गर्दछु’ अध्यक्ष दाहालले भनेका छन् ।

Published : Monday, 2021 June 7, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया