राजेन्द्र महतोले आधा घण्टाभित्रै औकात देखाइ छाडे, आखिर कहाँबाट सञ्चालित छन् ?

काठमाडौं । कथित मधेस आन्दोलनका नाममा नेपालमा नाकाबन्दी लगाउने र नेपाल–भारत सिमानामा बसेर नेपालतिर ढुंगा हानेर उत्पात मच्चाएका राजेन्द्र महतोले फेरि अर्को विवादास्पद अभिव्यक्ति दिएका छन् ।

कामचलाउ कम्युनिस्ट सरकारको उप–प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री बनेका महतो शपथ लिएका आधा घण्टाभित्र संविधान विरोधी अभिव्यक्ति दिएर विवादमा परेका छन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका महतोले सिंहदरबारमा मन्त्रीको कुर्सीमा बसेर बहुल राष्ट्रिय राज्यको माग गरेका हुन् ।

महतोका यो अभिव्यक्तिको नेपाली कांग्रेस र एमालेसहितका दलका नेताहरूले विरोध गरेका छन् । सामाजिक सञ्जालमा महतोको विरोध गर्दै औकातमा बस्न भनेर चेतावनी दिएका छन् । महतोलाई उप–प्रधान एवम् शहरी विकास मन्त्रीको पदमा बस्ने अधिकार नरहेको भन्दै अपदस्थ गर्न माग गरिएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार राति मन्त्री पद सम्हालेपछि सम्वाददाताहरूसँग कुरा गर्दै महतोले ‘बहुल राष्ट्रिय राज्य’को स्थापना आफ्नो उदेश्य रहेको बताए । उनले भनेका छन्, ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने यी काम गर्ने पार्टीको एजेण्डा हो ।’

‘पार्टीको एजेण्डा पनि अगाडि बढाउँदै जाने विगतका आन्दोलनका माग र मुद्धाहरूलाई सम्बोधन गर्दै लैजाने’, महताले भनेका छन्, ‘त्यसको लागि हामी सरकारमा सहभागी भएका हौँ ।’

के हो ‘बहुल राष्ट्रिय राज्य’ ? के भन्छन् संविधानविद् डा.भीमार्जुन आचार्य ?

राष्ट्र र राष्ट्रियता भनेको फरक कुरा हो । राष्ट्रियतालाई संवैधानिक कानून, राजनीतिमा जाति, जनजाति विभिन्न कुरालाई राष्ट्रियता भनिन्छ । त्यो देशभक्ति भनेको होइन । राष्ट्रियता नेपालका बहुल छ, त्यसैलाई भनेको हो । संविधानले पनि बहु राष्ट्र, बहुजातीय, बहु भाषिक, बहुसांस्कृतिक देश भनेको छ । राष्ट्रियता बहुल छ भन्यो भने आपत्ति भएन । हामी फरक–फरक छौँ भन्ने हुन्छ । राष्ट्रियता बहुल हुन सक्ने भयो । विगतमा माओवादीले भनेको, महन्थ ठाकुर, राजेन्द्र महतो, बाबुराम भट्टराईले भनेको कुरा चाहिँ बहु राष्ट्र भन्ने हो । ‘बहुल’ र ‘बहु’ भन्ने कुरा एउटै हो । मैले जुनदिनदेखि संघीयताको विरोध गरेँ नि ! यिनीहरूले संघमा लगेर मुलुकलाई फुटाउने तराईलाई अलग गराउनको लागि हामी त पहिलेदेखि नै बहुल राष्ट्र भनेका हौँ, बहु राज्य हो नेपाल चाहिँ, एउटा राज्य कहाँ हो ? हामी त अलग भयौँ भन्ने यिनले बनाउने खेल त्यो हो । यो अत्यन्तै आपत्तिजनक हो । बहुराज्य र बहु राष्ट्र भन्यो भने त नेपाल एउटा होइन भन्ने हो । नेपालको छाताभित्र हामी राष्ट्र अलग छौँ भन्ने सन्देश दिन खोजेका हुन् । खेल त विभाजनकै हो । राजेन्द्र महतोले भनेको अत्यन्तै अपात्तिजनक हो । बहुल वा बहु राष्ट्र भन्ने संविधानले कहिँ कल्पना गरेको छैन । हुँदैन पनि । विभिन्न जातजातिको देश चाहिँ हो । राष्ट्र एउटा हो । अखण्ड र एकल हो । राजेन्द्र महतोले जानिबुझकन भन्नु भएको हो ।

संविधानको धारा ३ मा के छ ?

राष्ट्र : बहुजाीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधितामा रहका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।


के भन्छन् ओलीकै नेता वामदेव गौतम ?

नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तर्वार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ– नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।

ओलीकै अर्का नेता गोकर्ण विष्ट

उप–प्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।

Published : Saturday, 2021 June 5, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया