शिव परियारको ‘सुनको चन्द्रमा’ ट्रेण्डिङमा प्रवेश, भिडियोमा पटिहानीको दृष्य

काठमाडौं । गायक शिव परियार र गायिका रचना रिमालको स्वरमा ‘सुनको चन्द्रमा’ रिलिज भएसँग ट्रेण्डिङमा उक्लिएको छ ।

गायक परियारको युट्युब च्यानलमा रिलिज गरिएको गीतले तीन दिनभित्र ट्रेडिङमा ठाउँ बनाउन सफल भएको हो । गीतमा दीपक शर्माको संगीत रहेको छ ।

पुष्प आचार्यको शब्द रहेको गीतमा ओम सुनारको अरेन्ज रहेको छ । लोक लयमा आधारित यो गीतले छोटो समयमा दर्शक स्रोताको मन छुन सफल भएको छ ।

म्युजिक भिडियोमा शंकर बिसी, शोवित बस्नेत, उत्सव अधिकारी, दीपा दामन्ता र प्रतीक्षा पौडेलको अभिनय रहेको छ । ‘सुनको चन्द्रमा’ यो गीतले ट्रेडिङमा २५औँ स्थानमा छ ।

गीतको भिडियो भरतपुरको पटिहानीमा छायाँकन गरिएको छ । गीतको भिडियोमार्फत पर्यटकीय छवि बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदी, थारु संस्कृति, बोटे संस्कृति, हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ ।

म्युजिक भिडियोलाई शंकर बिसीले निर्देशक गरेका छन् । दुर्गा पौडेलको छायाँकन रहेको म्युजिक भिडियोलाई नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

गीतलाई रवि एण्ड उषा मिडियाले निर्माण गरेको छ । महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतबाट गायक परियारले ठूलो अपेक्षा राखेका छन् ।

Published : Sunday, 2021 May 23, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया