सपथ लिएको ७२ घण्टाभित्रै ओलीले मूल्य वृद्धि गरे
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिएको ७२ घण्टाभित्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर उपहार दिएका छन् ।
कोरोना महामारीका बेला जनता निषेधाज्ञामा घरभित्र बसेका बेला नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । वृद्धि भएको मूल्य मध्य राति १२ बजेदेखि लागू हुनेछ ।
पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान)मा प्रतिलिटर दुई रुपियाँ वृद्धि भएको छ । प्रतिलिटर पेट्रोल १ सय २३ रुपियाँ भएको छ । डिजेल र मट्टितेल १ सय ६ भएको छ । हवाई इन्धन ७८ प्रतिलिटरमा उपभोक्ताले खरिद गर्नुपर्नेछ ।
निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धि गरे पनि प्रतिलिटर पेट्रोल ८ रुपियाँ ५६ पैसा, डिजेलमा ४ रुपियाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपियाँ १३ पैसा घाटा रहेको निगमले बताउँदै आएको छ ।
ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन् । सपथ लिएको ७२ घण्टाभित्र ओलीको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई नयाँ सरकारले उपहार दिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया