पाल्पामा १३ वर्षीया बालिकालाई नछाड्ने दुई जना पक्राउ

तानसेन । पाल्पा जिल्लामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

तिनाउँ गाउँपालिकाकी बालिकालाई सोही ठाउँ बस्नेत ४४ वर्षीय पूर्णचन्द्र बस्नेत र ४३ वर्षीय चन्द्रबहादुर बिकले जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिएका छन् ।

बालिका बलात्कारको अभियोगमा आफन्तले वैशाख ३० गते जाहेरी दरखास्त दिएका थिए ।

सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको छ ।

Published : Saturday, 2021 May 15, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया