बर्दियामा १७ लाख भारतीय नोटसहित चौधरी पक्राउ

बर्दिया । बर्दिया जिल्लामा स्रोत नखुलेको १७ लाख ५० हजार रुपियाँ भारतीय नोटसहित एकजना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय राजापुरबाट प्रहरीले कैलालीको टीकापुर नगरपालिका १ का गोपाल चौधरीलाई भारतीय रुपियाँसहित पक्राउ गरेको हो ।

राजापुर नगरपालिका– ४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुरतर्फ आउँदै गरेको जिल्ला सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा चौधरीले पछाडि बोकेको कालो रङ्गको छालाको जस्तो देखिने झोला खोली हेर्दा प्लाष्टिकको २ वटा पोकामा स्रोत नखुलेको भारतीय रुपियाँ सत्र लाख पचास हजार फेला पारेको विज्ञप्तिमा उल्लेख छ ।

चौधरीको साथबाट प्रहरीले मोटरसाईकल थान–१, ल्यापटप थान–१ मोबाईल थान–१, सिमकार्ड थान १–१ सहित पक्राउ गरेको छ ।

Published : Monday, 2021 May 10, 12:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया