शान्तिश्री र प्रकाशको स्वरमा ‘लाउन्न दाजै पिरती’, निषेधाज्ञाका बेला भत्काउँदै रेकर्डहरू (भिडियो)
काठमाडौं । गायिका शान्तिश्री परियार र प्रकाश दुतराजको स्वरमा ‘लाउन्न दाजै पिरती…’ बोलको लोक दोहोरी गीत रिलज भएको छ ।
गाउँघरमा चर्चित लोकभागालाई समेटेर दुतराजले ठेट नेपाली गीत बनाएका छन् । उनको गीतहरू सबै राम्रा छन् । ‘लाउन्न दाजै पिरती…घर कता हो बहिनीको ?’मा अलिक भिन्नै प्रस्तुति रहेको छ ।
वसन्ता विश्वकर्मा, प्रकाश यश, पवित्रा मगर र गायत्री राना मगरले ग्रुपमा स्वर दिएका छन् । गीतले निषेधाज्ञाका बेला पनि दर्शक स्रोताले निकै रुचाइदिएका छन् । रिलिज भएको क्षणभरै रामे भ्यु पाइसकेको छ ।
गायक दुतराजको युट्युब च्यानबाट रिलिज भएको गीतले राम्रो दर्शक स्रोता पाएको छ । गीतको शब्द र संगीत गायक दुतराजकै हुन् । एरेञ्ज कृष्ण बिकले गरेका छन् ।
‘लाउन्न दाजै पिरती’ टिकटकमा भाइरल बनेको छ । टिकटकमा एकछत्र कब्जा जमाउने प्रयासमा गीत रहेको छ ।
म्युजिक भिडियोमा विजय पुन, प्रकाश दुतराज, जुना सुन्दास र आयुषमान कार्कीको अभिनय रहेको छ ।
मौसम हिमालीको निर्देशन रहेको म्युजिक भिडियोको सम्पादन नवीन घर्ती मगरले गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया