पत्रकार कोइराला बलात्कार काण्डमा दोषी ठहर

काठमाडौं । उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कार अभियोगमा दोषी ठहर गरेको छ ।

न्यायाधीशद्वय अच्युत विष्ट र नवराज थपलियाको इजजलासले आइतबार कोइरालालाई दोषी ठहर गरेको हो ।

पत्रकार कोइरालालाई कति सजाय गर्ने भन्ने निर्णय अर्को पेशीमा गरिने उच्च सरकारी वकिलको कार्यालयका प्रमुख सूर्य दाहालले जानकारी दिएका छन् ।

कोइरालालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो । काठमाडौं जिल्ला अदालतविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले सफाइ दिए पनि पीडितलाई १० लाख क्षतिपूर्ति भराउने आदेश कोइरालालाई दिएको थियो।

मुलुकी फौजदारी संहिताले दोषी ठहर र सजाय निर्धारण छुट्टाछट्टै पेशीमा गर्ने व्यवस्था गरेको छ ।

Published : Sunday, 2021 April 25, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया