काठमाडौंमा भाउजुको हत्या

काठमाडौं । काठमाडौंमा देवर ४८ वर्षीय मोहन राज भण्डारीले भाउजुको हत्या गरेका छन् ।

शनिबार करीव साँझ सात बजे काठमाडौं महानगरपालिका– १० बुलबुलेमार्गका मोहनले आफ्नै भाउजु ४८ वर्षीया रोशनी राज भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ ।

मोहनले बाटोमा हिडिँरहेकी रोशनीलाई रडले हानेर हत्या गरेको प्रहरी भनाइ छ । मोहनले लखेटेर रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले फलामको रड प्रहार भएपछि गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको जानकारी दिए ।

भाउजुको हत्या गर्ने मोहनलाई प्रहरीले पक्राउ गरेको छ । मोहनलाई थप अनुसन्धान अगाडि बढाइएको छ ।

Published : Sunday, 2021 April 18, 12:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया