बुढेसकालमा श्रीमतीले यौनसम्पर्क गर्न नदिएपछि श्रीमानले ज्यान लिए

बुटवल । रुपन्देही जिल्लामा यौनसम्पर्क नदिएको भन्दै ६६ वर्षीय गनपत बानियाँले आफ्नै श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

श्रीमती हत्या गर्ने गनपतलाई प्रहरीले पक्राउ गरेको छ । सियारी गाउँपालिका– ३ हर्नैयाका गनपतलाई पक्राउ गरेको थापाले जानकारी दिए ।

गनपतले यौनसम्पर्क गर्न नदिएको झोँकमा ५५ वर्षीय श्रीमती कुश्मा बानियाँको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

गनपतले यसअघि पनि यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमती कुश्मालाई कुटपिट गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको जनाएको छ ।

बुधबार साँझ पनि यौन सम्पर्क गर्न नदिएको भन्दै आफैंले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरीसामु बयान दिएको प्रवक्ता थापाले बताए ।

पक्राउ परेका गनपतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Monday, 2021 April 12, 9:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया