दाङका सन्दीप ४३ लाखसहित काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौंमा प्रहरीले ४३ लाख नगदसहित दाङका एक युवकलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगदसहित कौशललाई पक्राउ गरिएको थियो ।

कौशलको साथबाट प्रहरीले ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेको छ ।

बसको यात्रु हिँड्ने प्यासेजमा कार्टुनमा टेपले बाँधेको अवस्थामा नगद र तिलहरी भेटिएको प्रहरीको भनाइ छ ।

कौशलले रकमको स्रोत खुलाउन नसकेकाले पक्राउ गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताएका छन् ।

Published : Sunday, 2021 April 4, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया