ओली र एमालेको सरकारले तेलको मूल्यफेरि बढायो

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेट्रोलियम पदार्थको मूल्यफेरि वृद्धि गरेको छ ।

झण्डै दुईतिहाइको ओलीको सरकारले आइतबार मध्यरातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

नेपाल आयल निगमले विज्ञप्ति जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको जनाएको छ ।

निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई–दुई रुपियाँले बढाएको छ ।

बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपियाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपियाँ पर्नेछ ।

Published : Sunday, 2021 April 4, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया