ललितपुरको सहकारीका अध्यक्ष ८० करोड भ्याएर भरतपुरतिर टाप

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुर गुडविल सहकारी संस्थाका अध्यक्ष दीवाकर श्रेष्ठलाई पक्राउ गरेको छ ।

४१ वर्षीय श्रेष्ठले सहकारीको ७९ करोड ८९ लाख २४ हजार ५ सय वीस रुपियाँ ठगी गरेको अभियोगमा पक्राउ गरिएको ललितपुर प्रहरीका प्रवक्ता एवम् उपरीक्षक प्रज्वल महर्जनद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर जिल्लाको गोदावरी नगरपालिका– १४ घर भइ चितवनको भरतपुर महानगरपालिका– १० मा लुकीछिपी बसेको अवस्थामा ललितपुर प्रहरीले शनिबार पक्राउ गरेर ल्याएको जनाएको छ ।

सहकारीका निक्षेपकर्ताहरूले चैत ५ गते दिएको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सो सहकारीबाट ठगिएका पीडितहरूलाई उजुरी दिन पनि ललितपुर प्रहरीले अनुरोध गरेको छ ।

Published : Sunday, 2021 April 4, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया