सोमबार सेयर कारोबार ५.४५ अंकले घट्यो, यी हुन कमाउने र गुमाउने वीस कम्पनीहरू

काठमाडौं । सेयर कारोबार रकममा पनि सोमबार खासै उल्लास देखिएको छैन ।

सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३.५२ अंकमा झरेको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३९ अंकले ओरालो लागेको हो । ० दशमलव ३९ अंकले आरोलो लागेर ४४९ दशमलव ९२ अंकमा झरेको छ ।

दिनभर भएका ६४ हजार ५ सय १५ कारोबारबाट २०९ कम्पनीका ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकम ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपियाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेमा कारोबार हुने अधिकांश समूहका सवइन्डेक्सहरू घट्दा समग्रमा बजार घटेको तथ्याङ्कले देखाएको छ । तीन वटा समूहका सवइन्डेक्सहरू बढेका छन् ।

हाइड्रोपावर २४ दमशलव ५२ अंकले बढ्दा फाइनास् ५ दशमलव २ र लघुवित्त ४४ दशमलव ५० अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढी घाटा व्यहोर्ने दश कम्पनीमा पहिलो नम्बरमा चन्द्रगिरी हिल्स रहेको छ ।

चन्द्रगिरी हिल्सको सेयर मूल्य १९३० रहेको थियो । चन्द्रगिरीको सोमबार १४९ रुपियाँको घाटा व्यहोरेको छ ।

दोस्रो नम्बरमा माउन्टेन हाइड्रो रहेको छ । २६६ मूल्य रहेको सेयरमा १९ रुपियाँले घाटा व्यहोरेको छ ।

साल्ट ट्रेडिङ कप्रोरेशनको १२ हजार ५ सय ९० रुपियाँको सेयरमा ६४५ रुपियाँ घाटा व्यहोर्नुपरेको छ ।

मूल्य घटेर घाटा व्यहोर्नेमा कालिका पावरको १३ रुपियाँ, एनएमबी ५० को ०.५० पैसा, छ्याङदी हाइड्रो पावरको ८ रुपियाँ, युनाइटेड फाइनान्सको १३ रुपियाँ, नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १० रुपियाँ, शिव श्री हाइड्रो पावरको ६ रुपियाँ र प्रिमियर इन्स्योरेन्सको ३५ रुपियाँ रहेको सूचीमा उल्लेख छ ।

सोमबार सबैभन्दा बढी नाफा कमाउने दश कम्पनीमा पहिलो नम्बरमा उन्नती सहकाय लघुवित्तीय रहेको छ । उन्नतीको सेयर मूल्य २७६१ रहेको छ ।

अजोड इन्स्योरेन्स ७७६, महिला लघुवित्त विकास ५९१, समिट लघुवित्त वित्तीय १४८५, रिडी हाइड्रोपावर डेभलपमेन्ट २०९, सारथी नेपाल लघुवित्त १७००.५७, वोमी माइक्रोफाइनान्स वित्तीय १०३१, युनाइटेड इदी–मर्दी एण्ड आर हाइड्रोपावर ३३८, हिमालयन उर्जा विकास ३४८ र लक्ष्मी लुघुवित्त वित्तीय १९१० रहेको छ ।

Published : Monday, 2021 March 29, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया