खुमलटारमा चोर पस्यो

ललितपुर । ललितपुर जिल्लामा एटिएमबाट पैसा चोरी गर्न खोज्ने भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१४, खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा थापालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

थापा ललितपुरको च्यासलमा बस्दै आएका थिए । उनी गोरखा सिरानचोक गाउँपालिका–५ घर भएका व्यक्ति हुन् ।

ललितपुर महानगरपालिका–१४ खुमलटारस्थित ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राति र सोही ठाउँ विशालचोकस्थित साङ्ग्रिला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका–१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५ प ६१५७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर चोरी उद्योगसम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Published : Thursday, 2021 March 25, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया