चितवनमा काण्ड मच्चाउने ‘एसपी’ साब पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले ४५ वर्षीय विश्वराज पन्त ‘बुद्धिराज’लाई ठगी काण्डमा पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ‘राष्ट्रिय अनुसन्धान विभागको एसपी हुँ’ भनी विभिन्न व्यक्तिहरूलाई अनेक प्रभाव देखाई ठगी गरेको अभियोगमा पक्राउ गरिएको चितवन प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पन्तले प्रलोभनमा पारी रकम ठगी गर्दै हिँडेको अभियोग लगाएको छ । पन्तले फरक–फरक नाम बताउने गरेका थिए ।

उनलाई खैरहनी पर्साबाट पक्राउ गरिएको छ । पन्तले टाँडी, खैरहनीका विभिन्न होटलमा महिनौंसम्म बसी खाएको, बसेको पैसा समेत नदिई हिँड्ने गरेको खुलेको छ ।

पन्तविरुद्ध ठगी गरेको जाहेरी दरखास्त समेत प्राप्त भएकोले थप अनुसन्धान कार्य भई रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 March 18, 9:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया