सेयर बजार ओरालो लाग्यो, हाइड्रो र होटेल पर्यटन यथावत

काठमाडौं । सेयर बजार आइतबार ५१ अंकभन्दा तल ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् ।

सेयर कारोबार मापक नेप्से परिसूचक ५१ दशमलव २३ अंकले २ हजार ४ सय ७ अंकमा झरेको छ । कारोबार रकम ५ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका ६० हजार ९ सय ७३ कारोबारबाट २११ कम्पनीका ९९ लाख ३ हजार ७०४ कित्ता सेयर किनबेच भएका छन् ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव १० अंकले ४३५ दशमलव दशमलव १३ अंकमा झरेको छ ।

कारोबार रकम ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १ सय ९५ रुपियाँ पुगेको नेप्सेले उल्लेख गरेको छ ।

Published : Sunday, 2021 March 14, 3:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया