पाल्पा प्रहरीद्वारा भरुवा बन्दुकसहित मान्छे पक्राउ

तानसेन । पाल्पा जिल्लामा प्रहरीले प्रेमबहादुर कनौजेलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

बगनासकाली गाउँपालिका– ४ महछाप बस्ने वर्ष २१ का कनौजेलाई फागुन २७ गते आफ्नै घरमा भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

अबैध रुपमा लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा घर खानतलासी गर्दा १ नाले भरुवा बन्दुक थान– १ र निर्माण गर्दै गरेको १ नाले भरुवा बन्दुक थान– १ बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भरुवा बन्दुकसहित पक्राउ परेका कनौजेलाई थप अनुसन्धान गरेको जनाएको छ ।

Published : Saturday, 2021 March 13, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया