रश्मिलाजको तेस्रो शाखा बालजुमा शुरु, भव्य रुपमा उद्घाटन

काठमाडौं । सौन्दर्य व्यवसायमा अलग पहिचान बनाउन सफल ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर’ले काठमाडौंको बालाजुमा तेस्रो शाखा खोलेको छ ।

बिहीबार बुद्ध मलमा रश्मिलाजको तेस्रो शाखा खोलिएको वरिष्ठ सौन्दर्यविद् एवम् सञ्चालिका रश्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।

शाखाको उद्घाटन रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला, सञ्चारकर्मी दिनेश डिसी, नायिका अनु शाहलगायतले गरेका थिए ।

उद्घाटन कार्यक्रममा कलाकार, व्यवसायी, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

सञ्चालिका श्रेष्ठले उपभोक्ताहरूको मागअनुसार तेस्रो शाखा खोलिएको जानकारी दिइन् । बुद्ध मलको शाखाको जिम्मेवारी निक्की प्रधानलाई दिइएको सञ्चालिका श्रेष्ठले बताएकी छिन् ।

‘निक्की श्रेष्ठ हाम्रो परिवारको सदस्य पनि हो । उहाँ निकै राम्रो सौन्दर्यविद् पनि हुनुहुन्छ’, उनले भनेकी छिन्, ‘रश्मिलाज् फेसियल हाउसको तेस्रो शाखाबाट हाम्रा उपभोक्ताहरूले गुणस्तरीय सेवा पाउनुहुनेछ ।’

रश्मिलाज फेसियल हाउसको सुन्धारास्थित काठमाडौं मल र गंगबुस्थित बिजी मलमा अलग अलग शाखा छन् । रश्मिलाज फेसियल हाउस काठमाडौंमा मलमा सबैभन्दा पहिला स्थापना भएको थियो ।

रश्मिलाज फेसियल हाउसका संरक्षक एवम् युवा व्यवसायी प्रकाशकुमार श्रेष्ठले बुद्ध मलको तेस्रो शाखाले गुणस्तरीय सेवा दिने बताए । उनले भने, ‘हाम्रो सेवा भनेको गुणस्तरीय र अन्यत्रभन्दा सस्तो हुनेछ ।’

रश्मिलाज् फेसियल हाउसले काठमाडौं उपत्यकामा कम्तिमा दश वटा शाखा स्थापना गर्ने योजना बनाएको संरक्षक श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले परिवार कानूनको क्षेत्रमा दख्खल राख्ने भएपनि पछिल्लो समय सौन्दर्यको क्षेत्रमा सेवा दिँदै आएको छ ।

Published : Thursday, 2021 March 11, 3:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया