काठमाडौंमा दुई जना पाकेटमार युवती पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले दुई जना युवतीलाई पाकेटमारेको अभियोगमा पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका– १४ कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मीठ्ठु खड्का नेतृत्वको टोलीले दुई जना महिला पाकेटमारलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा गोंगबुकी २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल मनमैजुमा बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।

परियार र उप्रेतीले लामो समयदेखि विभिन्न गिरोहमा संलग्न भएर चोरी गर्ने, पकेट मार्ने तथा ठग्ने काम गर्दै आएका थिए ।

परियार र उप्रेतीलाई पकेट मार्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ३४ हजार ५ सय ५० रूपियाँ बरामद भएको छ ।

उनीहरू कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाएर पाकेट मार्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूलाई प्रहरी म्याद थप गरि महानगरीय प्रहरी वृत्त कालीमाटी राखेको छ ।

Published : Wednesday, 2021 March 10, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया