मान्छे मारेको अभियोगमा ओलीका ठूला नेता बाँस्कोटा पक्राउ

विरानटगर । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली नेता युवराज बाँस्कोटा हत्या अभियोगमा पक्राउ परेका छन् ।

प्रहरीले बाँस्कोटालाई बुधबार मोरङको पथरीबाट पक्राउ गरेको छ । बाँस्कोटालाई मोरङको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

हत्या अभियोगमा पक्राउ परेका बाँस्कोटालाई ओलीले नेकपाको केन्द्रीय सदस्य बनाएका थिए । बाँस्कोटा अहिले नेकपा (एमाले)का नेता हुन् ।

पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए ।

मृतकका परिवारले २६ पुसमा कर्तब्य ज्यान मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी परेपछि मंगलबार प्रहरीले मोरङ जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको थियो ।

मृत अवस्थमा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको मृतककी आमा राधिका भण्डारीले बताएकी छिन् ।

Published : Wednesday, 2021 March 10, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया