पाल्पामा मगर झुण्डिएको अवस्थामा फेला

तानसेन । पाल्पा जिल्लामा टेकबहादुर चिदी मगर कोठामा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

२३ वर्षीय मगर सोमबार दिउँसो करीव दुई बजे माथागढी गाउँपालिका–३ सराईस्थित आफ्नै घरको कोठमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख (एसपी) सन्तोष भट्टराईका अनुसार मगर घरको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत अवस्थामा फेला परेको बताए ।

मगरको मृत्युका विषयमा अनुसन्धान भइरहेको एसपी भट्टराईले बताएका छन् ।

Published : Monday, 2021 February 22, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया