दश लाख भारतीय रुपियाँसहित खान पक्राउ

नेपालगञ्ज । बाँके जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १६ मा प्रहरीले भारतीय रुपियाँ १० लाखसहित एक जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा प्रहरीले १० लाख अवैध भारतीय रूपियाँसहित भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

भन्सार सुरक्षा गार्ड नेपालगञ्ज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका खानलाई २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १ हजार ९ सय ८८ थान गरी जम्मा १० लाख भारतीय रूपियाँसहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका खान उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Published : Monday, 2021 February 22, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया