ललितपुरको सुनाकोठीमा हाइप्रोफाइल अखडामा प्रहरी छापा, भीआईपीहरूको निद हराम

काठमाडौं । ललितपुरमा प्रहरी हाइप्रोफाइल जुवाको अखडामा छापा हानेको छ ।

महानगरीय प्रहरी परिसार ललितपुरकी प्रमुख किरण बज्राचार्यले सुनाकोठीमा जुवा खेल्ने र खेलाउनेहरूको अखडामा प्रहरी टोलीले छापा हानेको बताएकी छिन् ।

जुवको अखडामा नाम चलेका हस्तीहरू पनि रहेको बताइएको छ । प्रहरीको टोलीले मुचुल्का उठाइरहेकाले पूरै कारबाही समाप्त भएपछि जानकारी दिन सकिने एसएसपी बज्राचार्यले बताएकी छिन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख डीएसपी टेकबहादुर कार्कीले पनि सुनाकोटीमा दुई वटा प्रहरी टोलीले जुवाको अखडामा छापाहानेर मुचुल्का उठाउने कार्य गरिरहेको बताएका छन् । टोली फर्किएर आएपछि जुवाको अडखामा छापामारिएको विषयमा जानकारी दिन सकिने बताएका छन् ।

स्रोतका अनुसार सुनाकोठीको जुवाको अखडामा लामो समयदेखि भीआईपीहरू जुवा खेल्ने गरेका थिए ।

प्रहरी प्रशासनमा पहुँच राख्ने जुवाडेहरूको सो अड्डामा छापामार्न नसकेको प्रहरीले शुक्रबार साँझ भने झ्याप्पै छापा हानेको छ ।

जुवाको अखडामा करीव ५० देखि ८० लाखसम्मको कारोबार भएको हुन सक्ने अनुमान स्रोतको छ । १५–२० जना जुवाडे पनि रहेका छन् ।

प्रहरीले कति रकम बरामद गर्छ सो विषयमा पछि थाहा हुनेछ । जुवाको अखडामा भेटिएका सबै भीआईपी जुवाडेलाई पनि प्रहरी पक्राउ गर्छ वा छाड्छ हेर्न बाँकी छ ।

Published : Friday, 2021 February 19, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया