काठमाडौंमा दाङका सेनको हत्या गर्ने सार्की पक्राउ

काठमाडौं । काठमाडौंको धोवीखोलामा छ वर्ष अगाडि द्रोणबहादुर सेनको हत्या गर्ने भीमे सार्की पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले ५४ वर्षीय सार्कीलाई फागुन ५ गते काठमाडौंबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । सार्की काठमाडौंमा लुकीछिपी बस्दै आएका थिए ।

सार्कीले २०७१ साल चैत ९ गते दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका– १० घर भएका ४७ वर्षीय सेनलाई ईट्टाले हानेर हत्या गरि फरार भएका थिए ।

सेन नयाँबानेश्वरस्थित थापागाउँमा डेर गरि बस्दै आएका थिए ।

सेनको शव प्रहरीले धोवीखोलाको सिम्रिक पुलमुनि टाउकोमा चोट लागेको अवस्थामा फेला पारेको थियो ।

सार्कीले सेनको टाउकोमा ईट्टाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याको घटना पश्चात सार्की तत्काल फरार भई भारतको राजस्थान राज्यको जयपुरमा लुकीछिपी बसेका थिए ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका– ४ काफ्लेटोल स्थायी घर भएका सार्की घटना हुँदा ललितपुर कुमारीपाटीमा डेरा गरी बस्दै आएका थिए ।

Published : Friday, 2021 February 19, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया