सेनाभित्र यौनकाण्ड, महिला लफडामा जर्नेल

काठमाडौं । यो वर्ष नेपाली सेनाले आफ्नो स्थापना दिवस फागुन २७ गते शिवरात्रिको दिन मनाउँदैछ । कोभिड– १९ लाई ध्यानमा राखेर दूरी कायम गरी दिवस मनाउन लागिएको हो ।

पाहुनाको उपस्थितिलाई पातलो बनाएर भए पनि सैनिक मञ्चमा विगतमा झैं सबै कला र कौशल देखाइनेछ ।

त्यस क्रममा तोप पड्काउने, हेलिकप्टरबाट पुष्पवृष्टि गराउने कामसमेत हुनेछ । यता, सेनापति पूर्णचन्द्र थापा भने गैरसैनिकहरू निम्ति आयोजित कार्यक्रम र कक्षामा आफै सहभागी हुँदै रोचक प्रश्नोत्तरमा सहभागी हुने गरेको देखिन्छ । केही समयदेखि सेनाभित्रका कारबाही समेत रोकिएको स्रोतले बताएको छ ।

महिलालाई दुरुपयोग गरेको आरोप खेपिरहेका जर्नेल पंकज कार्की अर्को लफडामा परेपछि उक्त विषय इन्क्वायरी बोर्डमा राखिएको धेरै भएको छ । तर पनि गोकुल भण्डारीको अध्यक्षतामा थालिएको इन्क्वायरी केही समयदेखि स्थगित छ । महिला मेजरसँग जोडिएको गम्भीर विषयलाई सेनाले निकै सर्तकतापूर्वक अध्यन गरिरहेको बताइन्छ ।

महिलाका श्रीमानसमेत सेनाभित्रै कर्णेल दर्जामा रहेको र केटाकेटीको भविश्य गाँसिएकोले उक्त विषयलाई फुकेर अघि बढाइएको देखिन्छ ।

पंकज सिरहाको २७ नम्बर बाहिनीपति हुँदा मुछिएको केस अन्ततः उनी पाँच वर्षअघि शान्ति सेनाअन्तर्गत लेबनानमा कार्यरत रहँदाको विषयमा गएर ठोक्किएको हो ।

उक्त विषयलाई लिएर लामो समयदेखि कसैले पनि सेनामा उजुरी गरेको थिएन । तर, उजुरी नपरेपनि संवेदनशील विषयमा चलेको हल्ला र चर्चालाई पुष्टि गर्दा सबै पक्षबाट आचारसंहित उल्लंघन भएको ठहर हुन आएमा स्वतः केस चल्ने प्रावधान छ । कार्की मुछिएको विषयको हालसम्म ‘क्लियर पिक्चर’ भने आएको छैन । (जनआस्था साप्ताहिकबाट साभार)

Published : Wednesday, 2021 February 17, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया