पाल्पामा १२ वर्षीया बालिकासहित तीन जनाले झुण्डिएर ज्यान दिए

तानसेन । पाल्पा जिल्लाको झिरुबासमा २८ वर्षीय प्रेमबहादुर राना आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान करीव साढे ६ बजे निस्दी गाउँपालिका– ३ झिरुबास बस्ने राना आफ्नै घरको कोठामा मृत अवस्थामा फेला पारेको पाल्पा प्रहरीले जनाएको छ ।

ईलका प्रहरी कार्यालय रामपुरबाट गएको टोलीले घटनाका सम्बन्धमा अनुसन्धान कार्य गरेको विज्ञप्तिमा उल्लेख छ ।

उता, रिब्दीकोट गाउँपालिका– २ लघुवामा १२ वर्षीया गोमा घर्ती झुण्डिएको अवस्थामा फेला परेकी छिन् । घर्तीले आफू सुत्ने काठको दलिनमा चुन्नीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घर्तीकै दाई सुनिल घर्तीले पासो फुकाई उपचारको लागि युनटाईटेड मिसन अस्पताल पाल्पा ल्याइएकोमा चिकित्सकहरू मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पाल्पाकै बगनासकाली– १ चिर्तुङधारा बस्ने ७६ वर्षीया केशरीदेवी रानाले आफ्नै घरको काठको बलोमा चुन्नीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् ।

Published : Tuesday, 2021 February 16, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया