भारतले १४२ करोडमा तीन वटा सांस्कृतिक सम्पदा पुनर्निर्माण गरिदिने

काठमाडौं । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सवलीकरण, बुढानिलकण्ठ धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षणका लागि भारतले तीन वटा ठेक्का सम्झौतामा हस्ताक्षर गरेको छ ।

भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण भिावगका प्रमुख एवम् परियोजना परामर्शदाता, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका अधिकार तथा अन्य साझेदारहरूको उपस्थितिमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर महानगरपालिकाका मेयर, बुढानिलकण्ड मन्दिरका मठाधीश, काठमाडौं महानगरपालिका २५ का वडाध्यक्ष परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिले पनि सम्झौतामा हस्ताक्षर हुने क्रममा उपस्थिति जनाएका थिए ।

भूकम्पपछिको संरक्षण ता पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदाभित्रकै यी तीन परियोजनाहरू हुन् ।

नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरि यी परियोजनाहरू कार्यान्वयन अवस्थामा छन् ।

सेतो मच्छिन्द्रनाथको जीर्णोद्धारमा ६२.६ करोडको लागतमा मन्दिरको जीर्णोद्धार गरिनेछ । कुमारी छेँ र कुमारी निवासको संरक्षणमा ४५.६ करोड खर्च हुनेछ ।

बुढानिलकण्ठ मन्दिरभित्रको परिसरमा धर्मशाला छ । धर्मशाला ३३. ४ करोडमा निर्माण गरिनेछ । यसअघि बुढानिलकण्ठ मन्दिरका लागि करीव २.१८ करोडमा मठाधीश निर्माण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 February 11, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया