आफ्नै श्रीमतीलाई परपुरुषसँग भेटेपछि पतिले कोठाभित्र थुने

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा श्रीमानले आफ्नी श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठामा थुनेर प्रहरीको जिम्मा लगाएका छन् ।

बेलौरी नगरपालिका वडा नं. ६ का विनोद नेपालीले आफ्नी ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग भेटेका थिए । त्यसपछि उनीहरूलाई कोठाभित्र थुनेर प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालीले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र आफ्नी श्रीमतीलाई कोठामा भेटेपछि थुनेको बताए ।

नेपालीले दुवै जनाले आफूमाथि अभद्र व्यवहार गरेको जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् । (फाइल तस्वीर)

Published : Wednesday, 2021 February 10, 10:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया