पति घर बाहिर निस्किएका बेला पत्नीको हत्या

कलैया । बारा जिल्लामा ४८ वर्षीया विवाहित महिला कान्तिदेवी कुशवाहको हत्या भएको छ ।

हत्या कसले गरेको खुल्न सकेको छैन । प्रहरीले कुकुरको प्रयोग गरेर हत्याको अनुसन्धान शुरु गरेको छ ।

महागढीमाई नगरपालिका– १ की कुशवाहको आइतबार राति घरभित्रै हत्या भएको हो ।

कुशवाहको गालामा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केही समयपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको पतिले प्रहरीलाई बयान दिएका छन् ।

कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरू अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् । प्रहरीले घटनामा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएको छ ।

Published : Monday, 2021 February 8, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया