सुष्मा कार्कीहरूको ‘भट्टी पसल’को झगडा यसरी मिल्यो

काठमाडौं । कलाकार सुष्मा कार्कीले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सुरु भएको विवाद अन्ततः माफी मागेपछि टुङ्गिगएको छ ।

बुधबार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा भएको छलफलमा पत्रकार उत्सव रसाइली र श्वेता खड्काकी बहिनी आरती खड्काले नायिका कार्कीसँग माफी मागेका छन । माफीसँग विवाद टुङ्गिएको छ ।

कलाकार सुष्मा कार्कीले गल्ती गरेपछि माफी माग्नुपर्ने बताइन । उनले भनेकी छिन, ‘मान्छेबाट गल्ती हुन्छ, उहाँहरूले सरी भन्नुभयो, मैले उहाँलाई क्षमा दिएँ त्यति नै हो ।’

पत्रकार उत्सव रसाइलीले आफूहरूबीच नहुनुपर्ने घटना भएको बताए । कलाकार कार्कीप्रति भएको घटनामा क्षमा मागेको रसाइलीले बताएका छन ।

नायिका कार्कीलाई चोटपटक पनि लागेको जानकारी दिँदै पत्रकार रसाइलीले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । आगामी दिनमा वादविवाद, दुर्घटना र भनाभन नगर्ने सहमति भएको रसाइलीले जानकरी दिए ।

उनीहरूका बीच सोमबार राति काठमाडौंको लण्डन पब नामक रेष्टुराँमा विवाद भएको थियो । विवादपछि उत्सवले गालीगलौज गरेको र आरतीले सुष्मामाथि कुटपिट गरेको आरोपमा उजुरी प्रहरीसम्म पुगेको थियो ।

आलोचकहरूले कलाकार र पत्रकार भएर रेष्टुराँ अर्थात भट्टी पसलमा विवाद गरेर हानाहान गर्नु सामाजिक प्रतिष्ठा विपरितको कार्य भएको टिप्पणी गरेका छन ।

Published : Saturday, 2021 February 6, 5:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया