‘पुरानो घाउ’बाट बिछोड भयो आकाश–पूजाको जोडी

काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘पुरानो घाउ’को म्युजिक भिडियो रिलिज भएको छ । संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको म्युजिक भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् ।

गजलका शब्द चन्द्र प्रसाइँ ‘परिष्कृत’ले लेखेका हुन् । प्रसाइँले लेखेको ‘पुरानो घाउ’का शब्द निकै भावनात्मक छन् । गीतको एरेञ्जर विष्णु अधिकारी हुन् । रेकर्डिङ र मिक्सिङ विश्व अधिकारीले गरेका छन् ।

संगीतकार श्रेष्ठले ‘पुरानो घाउ’को गजलको भावना अनुसार म्युजिक भिडियो बनेको छ । ‘मैले धेरै गीतहरूमा संगीत दिएको छु’, श्रेष्ठले भने, ‘ती गीतहरूमध्ये ‘पुरानो घाउ’ निकै उत्कृष्ट बनेको छ । हामी आशावादी छौं ।’

गजलको शब्द र भाव अनुसार पाण्डेले म्युजिक भिडियोको निर्देशन गरेको बताएका छन् । ‘गजलको शब्दहरू अत्यन्तै मन छुने खालका छन्’, उनले भने, ‘शब्द र संगीतलाई मैले म्युजिक भिडियोमा भावना मर्न दिएको छैन ।’

म्युजिक भिडियोमा मोडलद्वय आकाश श्रेष्ठ र पूजा शर्माले अभिनय गरेका छन् । श्रेष्ठ र शर्माको अभिनय पनि उत्कृष्ट रहेको पाण्डेले बताए । निर्देशक पाण्डेले भने, ‘आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय म्युजिक भिडियोमा राम्रो अभिनय छ ।’ पाण्डेले गजलको भिडियोलाई यिबोगान्त कथामा बनाएका छन् ।

पाण्डेले म्युजिक भिडियोमा कुनै पनि कम्प्रमाइज नगरेको छन् । कलाकार र शुटिङ टिमका कारण भिडियो छायाँकनमा ठूलो सहयोग मिलेको पाण्डेले उल्लेख गरे ।

म्युजिक भिडियोमा पुनारो गाडी, पुरानो घरलगायतका राम्रा सामग्री र दरबारमार्गको दृष्यहरू प्रयोग गरिएका छन् । ‘राम्रो काम गरेका छौँ । खर्च अलिक धेरै भएको छ’, पाण्डेले भनेका छन् ।

म्युजिक भिडियोको प्रोडक्शन म्यानेजर दीपेन गौतम रहेका छन् । छायाँकन उत्सव दाहाल र सम्पादन विकास दाहालले गरेका हुन् ।

Published : Thursday, 2021 February 4, 3:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया